इबोला सङ्क्रमित भेटिएको आशङ्का

भदौ ११,नयाँ दिल्लीैँ  – भारतको राजधानी नयाँ दिल्लीमा इबोलाका एकजना सङ्क्रमित विरामी भेटिएको आशंका छ ।     भारतीय स्वास्थ्य अधिकारीहरूले ती व्यक्तिमा इबोला भाइरसको सङ्क्रमण भएको सङ्का लागेपछि उपचारको प्रक्रिया सुरु भएको जनाएका छन् । मङ्गलबार राति अफ्रिकाका विभिन्न देशबाट करिब १०० जना भारतीय नागरिक आएका र उनीहरूमा स्वास्थ्य जाँच गर्दा एकजनामा सो सङ्क्रमणको आशङ्का गरिएको बताइएको छ ।

मङ्गलबार राति भारत आएका १०० जना भारतीय नागरिकमध्ये मुम्बईमा ७० र नयाँ दिल्लीमा १७ जनालाई स्वास्थ्य जाँच गरिएको थियो ।    तीमध्ये एकजनामा आङ्का लागेपछि अस्पताल पुर्याइएको छ । विदेशी तथा भारत फर्किने भारतीयहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष किसीमको स्वास्थ्य जाँचसेवा सुरु गरिएको छ ।

यसका अतिरिक्त दिल्ली विमानस्थलमा महिला र बालबालिकासहित कम्तीमा पनि छ जनालाई आशङ्का लागि स्वास्थ्य जाँचमा राखिएको तर पछि उनीहरूमा इबोलाको सङ्क्रमण नपाइएको बताइएको छ ।    मध्य अफ्रिकी मुलुकहरूमा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको छ । सबैभन्दा बढी प्रभावित देश लाइबेरियामा मात्र कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ ।     अफ्रिकी देशहरूका यात्रुलाई विभिन्न देशले विमानस्थलमै स्वास्थ्य जाँचकेन्द्र राखी उपचार सुरु गरिएको छ ।