जनताको पक्षमा काम नगर्नेलाई पदमा बस्ने अधिकार छैन:- मन्त्री पण्डित

भदौ ११, जनकपुर – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको पक्षमा निष्पक्ष काम नगर्ने सरकारी कर्मचारीलाई पदमा बसिरहने कुनै अधिकार नभएको बताएका छन । सरकारी कर्मचारी जनताको सेवक भएकाले कुनै झन्झट बिना जनताको काम छिटो छरितो गर्नुपर्ने मन्त्रि पण्डितले बताए । जनताले तिरेको करबाट तलब खाईरहेकाले सरकारी कर्मचारी जनताको सेवामा कुनै कसर पनि बाँकी नराख्नु पर्ने उनको भनाई छ । कर्मचारी तन्त्रमा मनपरि तन्त्र पनि चलिरहेको पाईएकाले त्यस्ता मनपरि र कमि कमजोरीलाइ हटउनु पर्नेमा उनको जोड थियो । कुम्हार जातीय कुटी र पण्डित परिवारद्वारा आज जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका मन्त्री पण्डितले आफूले चालेको सुशासनसम्बन्धी पाइलाले कर्मचारी संयन्त्रमा भूकम्प आएको बताए । मन्त्रि पण्डितले कर्मचारी तन्त्र चुस्त दुरुस्त र कर्मचारीले जनताको पक्षमा जिम्मेवार भई काम गर्नु पर्छ भन्ने उदेश्य राखेर चालेको कदमको सर्बत्र प्रशंन्सा भैरहेको छ भने  स्कतिपय त्यस्ता सरकारी कर्मचारीमा उनी टाउको दुखाईको बिषय पनि बन्दै गएका छन ।