मनोनयन सभासद छान्ने जिम्मा एमालेमा ओलीलाई

भदौ ११, काठमाडौँ – नेकपा एमालेले १६ सभासद मनोनयनमा पार्टीबाट नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । आजको नागरिक दैनिक लेख्छ, केन्द्रीय कार्यालय बल्खुमा मंगलबार भएको पदाधिकारी बैठकले अध्यक्ष ओलीलाई सभासदको नाम प्रस्ताव गर्ने जिम्मेवारी तोकेको हो । मापदण्डभित्रका व्यक्तिहरुको नाम सिफारिस गर्ने जिम्मा अध्यक्षलाई दिइएको छ, उपमहासचिव धनश्याम भुसालले भने, अध्यक्षले नाम प्रस्तुत गरेपछि त्यसमाथि छलफल गरेर अन्तिम रुप दिइनेछ । २६ मध्ये एमालेको भागमा ८ सिट छ ।