नेप्से ओरालो लाग्यो

भदौ ११, काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज परिसूचक ९नेप्से० ३७ दशमलव ८१ अंकले घटेको छ ।  राष्ट्र बैंकबाट जारी एक निर्देशनको अपव्याख्या भएपछि बजारमा गिरावट देखिन थालेको हो । बिमा र जलविद्युत् समूहमा आएको ठूलो गिरावटका कारण आइतबार पनि बजार घटेको थियो ।

सेयर ब्रोकरका अनुसार राष्ट्र बैंकको निर्देशनपछि बैंक वित्रीय संस्थाले बिमा र जलविद्युत् कम्पनीको सेयर विक्री गर्ने हल्ला चलेपछि बजारमा गिरावट आएको हो । तर राष्ट्र बैंकले त्यस्तो कुनै व्यवस्था गरेको छैन ।