रुसी सेना युक्रेनमा पक्राउ

भदौ ११, काठमाडौँ – युक्रेनमा १० जना रुसी सेना पक्राउ परेका छन् । उनीहरु पूर्वी युक्रेनमा प्रवेश गर्दा पक्राउ परेका थिए । रुसले भने भूलवश आफ्ना सैनिक युक्रेन प्रवेश गरेको दाबी गरेको छ । युक्रेनले पक्राउ गरिएका रुसी सेनाको भिडियो सार्वजनिक गरेको छ ।

पक्राउ परेकामध्ये एकले पूर्वी युक्रेनमा चलिरहेको युद्धमा आफूहरु संलग्न नरहेको जनाएको युक्रेनी अधिकारीहरुले बताएका छन् । युक्रेनबाट पनि ५ सयभन्दा बढी सेना विभिन्न समयमा रुसी भू–भाग प्रवेश गरेको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुस र युक्रेनका राष्ट्रपतिहरु भेटवार्ता हुन लागेको समयमा यो घटना भएको हो । रुसी राष्ट्रपति भ्लालिदिर पुटिन र युक्रेनका राष्ट्रपति पोरोशेन्कोबीच दुई मुलुकबीचको तनाबका विषयमा बेलारुसको राजधानी मिन्स्कमा छलफल हुँदैछ ।

पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी र युक्रेनी सेनाबीच केही महिनायता चलिरहेको संघर्षमा २ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।