स्थानीय निर्वाचनमा महिला पुरुष बराबरी –अध्यक्ष ओली

भदौ १०, काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । अखिल नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको तीज विशेष साङ्गीतिक कार्यक्रममा उनले पार्टीको घोषणापत्रमा नै स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सुनिश्चित गर्ने भन्ने उल्लेख भएको बताएक्ँ ह्ुन्् । महिला समानताको अधिकारका लागि सबैभन्दा पहिला कम्युनिस्ट पार्टीले नै मतदान गर्न पाउने व्यवस्था गरेको र महिला÷पुरुषबीच समानताको आवाज उठाएको स्मरण गर्दै नेता ओलीले प्रजातन्त्रको स्थापनापछि महिला आन्दोलनले ठूलो उपलब्धि हासिल गरेको बताउ ।     नेपालमा २१ औँ शताब्दीमा पनि बोक्सी, छाउपडीजस्ता विभिन्न प्रकारका हिंसा कायम रहेकाले यस्ता विकृतिलाई अन्त्य गर्न कडा सजायको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए  ।