लिभरपुल म्यान्चेष्टर सिटीसंग पराजित

भदौ १०, काठमाडौँ – ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यान्चेष्टर सिटीसंग पराजित  भएको छ । स्ट्राईकर जाभेटिकको चम्कीलो प्रर्दशनको मद्धतमा  सिटिले लिभरपुल विरुद्ध ३–१ गोल अन्तरको सानदार जित निकाल्यो ।  खेलको ४१ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका स्टेभन जोभेटिकले ५९ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाएका थिए ।  खेलको ६९ मिनेटमा पुनः सिटीका लागि एग्युरोले गोल गर्दै सिटीको स्कोरलाई थपे  । ८३ औं मिनेटमा लिभरपुलका लागि जाबालेटाले सान्तवना गोल फर्काए । लगातार दुई खेल जितेको सिटी हाल लिग तालिकाको तेस्रो स्थानमा छ ।