एमाले राहत कोषमा ७५ हजार सङ्कलन

भदौ १०, काठमाडौँ  – देशभर भएको प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध गराउन नेकपा एमालेले स्थापना गरेको केन्द्रीय राहत कोष स्याङ्जाले रु ४२ हजार ७५९ सङ्कलन गरेको छ ।  यसैगरी, रेडक्रस सोसाइटी चक्रकमला उपशाखाले प्रधानमन्त्री राहत कोषमा रु २० हजार ६६ रकम एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरेको छ । त्यस्तै शीतला उपशाखा, जुनियर रेडक्रस सोसाइटी शीतला उच्च मावि र जुनियर रेडक्रस सर्कल चुडामणि मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले रु १२ हजार ११६ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । त्यस्तै पर्सा जिल्लामा रहेको बैंकका कर्मचारीहरुले आर्थिक पनि  सहयोग प्रदान गरेका छन् । क वर्गका बैंकका कर्मचारीले आफ्नो एक दिनको तलब बराबरको रकम बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गरेका हुन् । बैंकका कर्मचारीबाट सङ्कलित रु एक लाख ११ हजार १०१ बाढी प्रभावित व्यक्तिको सहयोगार्थ गठन गरिएको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नेपाल इन्भेस्टमेन्टले जनाएको  छ ।