इन्सेफ्लाइटिसबाट छको मृत्यु

भदौ १०, जाजरकोट- साउनको पहिलो सातादेखि मोरङका विभिन्न तीन गाविसमा फैलिएको जापानिज इन्सेफ्लाइटिस रोगबाट अहिलेसम्म छजनाको मृत्यु भएको छ । मोरङका उत्तरी गाविसहरू पथरी, भोगटेनी र लेटाङमा चारजना र पथरीका दुईजनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको  छ ।

मृत्यु हुनेमा पथरी–१ की फडफरा लिम्बू, पथरीकै २८ वर्षीय गणेश मगर, लेटाङ–२ की छ वर्षीया सीमा मगर, लेटाङ–११ की ११ वर्षीय बालब विक, लेटा–९ का ७ वर्षीय बुद्धराज लिम्बू, लेटाङ–३ की ७४ वर्षीया देवकुमारी घिमिरे छन् ।

मोरङका गाउँहरूमा अव्यवस्थित रुपमा पालिएका सुँगुर र बुङ्गुरका कारण इन्सेफ्लाइटिस फैलिएको जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोलर वासिलले जानकारी दिए ।      यो रोग सुँगुर वा बङ्गुरलाई टोकेको सङ्क्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा लाग्ने गर्दछ ।