युक्रेनमा संसद भङ्ग, आम निर्वाचन आह्वान

भदौ १०, काठमाडौँ  – युक्रेनका राष्ट्रपतिले त्यहाँको संसद भङ्ग गरी नयाँ आम निर्वाचन आह्वान गरिएको छ  । आगामी अक्टोबर २६ मा आमनिर्वाचन आह्वान हुने बताइएको छ । युक्रेनको पूर्वी भूभागमा त्यहाँका पृथकतावादीहरुले आन्दोलन जारी राखेका बेला त्यहाँ आमनिर्वाचन आह्वान गरिएको छ । यस अघि सन् २०१२ मा भएको आमनिर्वाचन स्वच्छ रुपमा सम्पन्न हुन नसकेको भन्दै अबको निर्वाचन निश्पक्ष र स्वच्छ रुपमा गरिने पनि बताइएको थियो ।     हाल युक्रेनको पूर्वी क्षेत्रमा पृथकतावादीहरुले आन्दोलन जारी राखेका छन् । सो आन्दोलनका क्रममा सयौं नागरिकको ज्यान गएको छ ।