५४ अस्थायी शिक्षक विस्थापित

भदौ १०, जाजरकोट – शिक्षक सेवा आयोगबाट नाम निकालेका नयाँ शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले विद्यालयमा खटाएपछि जाजरकोटका ५४ जना अस्थायी शिक्षक विस्थापित भएका छन् ।

यसरी विस्थापित हुनेमा माविका दुई, निमाविका चार, प्राविका ४८ जना शिक्षक छन् । जिल्लामा शिक्षक सेवा पास गरी प्राविमा ८०, निमाविमा १७ र माविमा आठ गरी १०५ नयाँ शिक्षकले नियुक्ति पाएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।

प्रावि शिक्षकको नियुक्ति दिने कार्य भदौ ९ गते सकिएको छ भने निमावि र माविको केही समय अगाडि सएिको जिल्ला शिक्षा कार्यलयले जनाएको  छ ।

जिल्लामा मावि, निमावि र प्रावि सञ्चालनलाई जिल्ला शिक्षा कार्यालय जाजरकोटले अनुमति दिने तर शिक्षक दरबन्दी नयाँ नदिँदा जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयमा शिक्षकलाई तलब खुवाउन समस्या भएको छ भने पठनपाठनसमेत प्रभावित हँदै आएको छ । विद्यार्थीको अनुपातमा यहाँ ३०० भन्दा बढी शिक्षकको अभाव रहेकाले समस्या हुँदै आएको बताइएको छ ।