संसद बैठकमा समितिका सभापतिको उम्मेदवारी दर्ता हुदै

 भदौ १०, काठमाडौँ-  ब्यवस्थापिका संसद अन्तरगत संसदीय समितिका सभापतिहरुको बुधबार हुने चुनावका लागि आज उम्मेदवारी दर्ता हुर्दैछ । विहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता हुने र साढे पाँच बजे सूचि प्रकाशन कार्यसुचि रहेको संसद सचिवलयका  मुकुन्द शर्माले जानकारी दिए । शर्माका अनुसार भोलि चुनाव गरी सार्वजनिक लेखा समिति बाहेकका अरु नौ वटा विषयगत समिति, विधायन समिति र संसदीय सुनुवाई विषेश समितिको सभापति चयन हुनेछ । यसैबिच व्यबस्थापीका संसदको बैठक आज बस्ने बैठकमा पनि बिनियोजन बिद्येक माथि छलफलले निरन्तरता पाउनेछ ।  बैठक दिउसो १ बजे बस्नेछ ।