प्रधानमन्त्रीले दिए छलफललाई तीब्रता

भदौ १०, काठमाडौँ  -शीर्ष दलबिच भएको चार बुँदे सहमति कार्यान्वयनको मागगर्दै एकीकृत माओवादीले महत्वपूर्ण बै७क नै बहिष्कार गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले आन्तरिक तथा सत्ता साझेदार दलहरुसँगको सो विषयको छलफललाई तीब्रता दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले चरणवद्ध रुपमा पार्टीभित्र र सक्तासाझेदारसँग छलफल गर्न लागेको प्रेश सल्लाहाकार प्रकाश अधिकारीले जानकारी दिए ।  प्रधानमन्त्रीले अहिले  पार्टी भित्रैका शीर्ष नेताहरुसँग अनौपचारिक तथा औपचारिक छलफल गरिरहेका छन् ।

एमाओवादी सक्तासाझेदार दलसँग रुष्ट बनेसँगै हिजो देखि कोइरालाले थालेको छलफललाई आजपनी निरन्तरता दिन लागेको अधिकारीले बताए ।  हिजोको सत्ताधारी दलको बैठकले एकीकृत माओवादीले माग गरे अनुसार राजनीतिक समिति गठन नगर्ने सहमति गरेको थियो ।

एकीकृत माओवादीले ४ बुँदे सहमति कार्यान्वयन नभए संसद अवरुद्ध गर्ने चेतावनी  दिएपछि प्रधानमन्त्रीले छलफललाई तीब्रता दिएका हुन् । यसअघि कोइरालाले प्रतिपक्षका शिर्ष नेतासँग पनि भेटवार्ता गरेका थिए ।