भट्टराई पक्षका दुई नेतालाई गरिएको कारबाही फुकुवा

 भदौ १०, काठमाडौँ – एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरका २ नेताको कारबाही फुकुवा भएको छ । आजको राजधानी दैनिक लेख्छ, पार्टी अनुशासन उल्लघंन गरेको अभियोगमा गत १९ साउनमा कारबाही परेका भट्टराई पक्षीय दुई नेता गंगा श्रेष्ठ र रामरिझन यादवमाथि कारबाही फुकुवा भएको हो ।

गत साउन १९ गते बसेको एमाओवादी स्थायी समिति बैठकले पोलिटब्युरो सदस्य श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाको लागि निलम्बन गरेको थियो । उनीहरुलाई धनुषामा समानान्तर समिति निमार्णमा मुख्य दोषी ठहर गर्दै निलम्बन गरिएको थियो ।

निलम्बन परेका नेताहरुको कारबाही फुकुवाको लिखित घोषणा संस्थापनले नगरेपनि मौखिक रुपमा कारबाही फुकुवा गरेको बताइसकेको छ ।