दम्पत्तीलाई जेल भित्रै सेक्स सुविधा

भदौ १०, काठमाडौँ  – कैदीले जेलभित्रै श्रीमतीसँग शारीरिक सम्पर्क राखन पाउने भएको छ । सरकारले यौनसम्पर्क राख्ने कोठासहित नयाँ कारागार निमार्ण गर्ने प्रक्रिया अघि बढाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कैन्दी बन्दीको प्रजनन अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निमार्ण थालेको छ ।

श्रीमान श्रीमतीले नै जेल परेकाले मात्र यस्तो सुविधा लिन पाउँछन् । अदालतको आदेशअनुसार हामीले कैद बन्दीको प्रजनन अधिकार सुनिश्चित गर्न लागेका हौं कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने ।