बाडीपिडीतद्धारा आमहड्तालको घोषणा

 भदौ ९, काठमाडौँ – दार्चुलाका बाढीपीडितले विभिन्न माग राखी आज एकदिने दार्चुला जिल्ला बन्द आह्वान गरेका छन् । बाढीपीडितलाई सरकारले क्षतिपूति दिर्नुका साथै पुनःस्थापना गर्न बेवास्ता गरेको भन्दै दार्चुला बाढीपीडित सङघर्र्ष समितिले जिल्ला बन्द आह्वान गरेको हो ।   बाढीपीडितले जिल्ला बन्दका क्रममा बिहानैदेखि नेपाल भारतको सीमा नदी महाकालीमा रहेको झोलुङगे पुलमा समेत दुई घण्टा आवागमन ठप्प पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  प्रहरीले दिएको जानकारीअनुसार झण्डै डेढ–दुई सयको हाराहारीमा आन्दोलित भएका बाढीपीडितले एक दिने दार्चुला हडताल आह्वान गरेका छन् ।  बाढीपीडितको बन्दका कारण्ाँ क्याम्पस, बजार, व्यवसाय ठप्प छ भने सरकारी कार्यालय पनि उनीहरुले एकदिनका लागि ठप्प पार्ने बताएका छन् ।