ओलीले पालैपालो भेटे खनाल र नेपाललाई

भदौ ९, काठमाडौँ  – पछिल्लो समय राजनीतिक भेटवार्तामा सक्रिय भएका नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटावार्ता गरेका छन् ।

अर्का बरिष्ठ नेतालाई भेटेको केही समयमानै खनाललाई उनकै निवासमा भेट्न पुगेका ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण र पार्टीकै बारेमा पनि छलफल भइरहेको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए  ।

पार्टीलाई सशक्त रुपमा अघि बढाएर राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्नका लागि अध्यक्ष ओलीले दुबै नेतासँग भेटघाटलाई जारी राखेको स्रोतले जनाएको  छ ।

अध्यक्ष भएसँगै ओलीले पछिल्लो समय दलीय छलफल  र आन्तरिक पार्टी भित्र रणनीतिका विषयमा पनि छलफललाई तिब्रता दिएका छन् ।