मरेको गाई सार्कीलाई खाउँ भन्ने,काटेर खाए मारिनु पर्ने ? त्यसैले अब ‘राष्ट्रिय जनवार’ कुकुर हुनुपर्छ,

भदौ ९, काठमाडौं – नेपालको राष्ट्रिय जनावर कुकुर हुनुपर्ने माग गरिएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दैं रा«िष्टय जनमुतmी पार्टीका सभासद शिवलाल थापाले नयां संबिधानमा राष्ट्रिय जनावर कुकुर भनेर लेखिनु पर्ने प्रस्ताव गरेका हुन । अहिले गाईलाई राष्ट्रिय जनावर मानिएकाले समय समयमा त्यसबारे बिवाद भैरहने हुँदा कुकुरलाई नेपालमा अहिले कसैले काटेर नखाने भएकाले कुकुरलाई राष्ट्रिय जनावर राखिनु पर्नेमा जोड उनले दिए । हालै गोरखामा गाई काटेर खाने क्रममा प्रहरीसँग झडप भई घाइते भएका ल्हाक्पा तामाङको मृत्युको घटना लाई स्मरण गराउदैं सभासद थापाले कसैले गाईलाई पुजा गर्दै भगवान मान्ने र कसैले काटेर खाने भएकाले यो बिवाद अब पनि संबिधानमा राखिए समाजमा सधैं द्धन्द रहिरहने सभासद थापाको भनाई छ । हालको संविधानमा राष्ट«िय जनावर गाईलाई मानिएकाले त्यसको हत्या गर्नु दण्डनीय मानिन्छ । हिन्दूहरुले गाईलाई लक्ष्मीमाता मानेर पुज्ने र आफुहरुले गाईलाई आफ्नो मुख्य आहारा मान्दै आएका कारण समाजमा द्धन्द भैरहेको उनले प्रष्ट्याए । अब बन्ने नयाँ संबिधानमा कुकुर, हात्ती वा गैंडालाई राष्ट«िय जनावर बनाए कसैको दुइमत नरहने सभासद थापाको दाबी छ । गाई काटेर खाएको घटनालाई लिएर पटक पटक नेपाली समाजमा झैझगडा भैरहने गर्दछ । गाईलाई पुज्ने हिन्दुहरुको आफुले अपमान नगरेको भन्दै उनले मरेको गाईलाइ मासु खाउँ भनि हिन्दूहरुले सार्कीलाई दिने अनि हामीले काटेर खाए किन हामीलाई मारिनु पर्ने भन्दै आक्रोस पोखे ।