संसद बैठकमा समिति सभापति चयन प्रकृया शुरु

भदौ ९, काठमाडौँ  – व्यबस्थापीका संसद बैठक आज बस्दैछ  । दिउसो १ बजे बस्ने बैठकमा बिनियोजन बिद्येक माथि रोकिएको छलफलले निरन्तरता पाउने संसद सचिवालयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिए ।

गत साता प्रतिपक्षी दल एकीकृत माओवादीले बाढी र डुबान प्रभावित क्षेत्रमा जनतासग साक्षात्कार गर्नका लागि सभासदहरुलाई जिल्ला जान दिनुपर्ने भन्दै संसद बैठक स्थगित गर्न माग गरेपछि बैठक रोकिएका थियो । आजको बैठकमा संसद अन्र्तगतका समितिको सभापति चयनको प्रकृया समेत शुरु हुने छ ।

प्रवक्ता शर्माका अनुसार समितिका सदस्यहरुको हेरफेर सम्बन्धी दलहरुले पेस गरेको प्रस्ताबमा छलफल पश्चात सदस्यको हेरफर गरेर आजै समितिका सभापति चयनको कार्यतालिका सार्वजनिक हुनेछ ।