शारीरिक सुगठन टोली मकाउ जादै

भदौ ९, काठमाडौँ  – ४८ औं एसियाली पुरुष शारीरिक सुगठन प्रतियोगितामा भाग लिन नेपाली टोली आज मकाउ जाँदै छ । टोलीमा २ पुरुष खेलाडीसहित ४ जना रहेका छन् ।

भदौ १० देखि १६ गतेसम्म हुने प्रतियोगिताको ६० केजीमा सचित प्रधान तथा ६५ केजीमा ज्ञाननारायण महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।  सचित दक्षिण एसियाली शारीरिक सुगठनको तीन फरक संस्करणका स्वर्ण विजेता हुन् भने ज्ञानले एक संस्करणमा स्वर्ण जितेका थिए ।