सत्ता साझेदार दलहरु तिब्र छलफलमा

भदौ ९, काठमाडौँ  – संविधानका विबादित मुद्धाहरु राज्यको पुर्न संरचना, शासकीय स्वरुप लगायतका विषय टुंग्याउने गरी आजपनी दलीय छलफल जारी  छ । प्रक्रियामा भन्दा सहमतीका आधार पहिचान गर्दै  संविधान समयमानै जारी गर्न चाहेको भन्दै सक्तासाझेदार  नेपाली काँग्रेस, नेकपा एमाले, राष्टिय प्रजातन्त्र पार्टी,  र नेकपा मालेबिच छलफल सुरु भएको सरकारका प्रवक्ता एवंम संचारमन्त्री मिनेन्द्र रिजालले  जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा संविधानसभाका २६ सदस्यको मनोनयन, १६ देशका राजदुत,  संवैधानिक निकायमा नियुत्तिः लगायतका विषयलाई टुङग्याउन कार्यदल गठन गर्ने विषयमा छलफल हुने बताइएको  छ  ।

मन्त्री रिजालका अनुसार सरकार गठन भएको ६ महिना भइसकेकाले सरकारको काम कारवाहीको समिक्षा र अवको कार्ययोजनाका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

यसअघि हिजो  नेपाली कागे्रस र नेकपा एमाले बिगतमा भएको चारबुदे सहमति कार्यान्वयन र संविधान निर्माणमा इमान्दार नदेखिएको भन्दै एकीकृत माओवादीले तीनदलीय बैठक बहिस्कार गरेको थियो  । एमाओवादीले यसअघि भएको सहमति कार्यान्वयन नहुदा सम्म बार्तामा नबस्ने चेतावनी दिएको छ ।