निर्धारित समयमानै संविधान बन्छ – ज्ञवाली

  भदौ ८, काठमाडौँ  – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तोकिएकै समय माघ ८ गतेभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् । संविधान निर्माणका लागि सहज वातावरण भएको भन्दै सचिव ज्ञवालीले दलहरुबीच अझैपनि शासकीय स्वरुप र राज्य पुनः संरचनामा तात्विक भिन्नता रहेको भएपनि तोकिएकै मितिमा संविधान निर्माण हुने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले मुलुकलाई माघ ८ गतेभित्रै संविधान दिन भएपनि दलहरुबीच सहकार्य अनिवार्य रहेको बताउँदै अनावश्यक बखेडा झिकेर संविधान निर्माणमा अवरोध नगर्न एमाओवादीलाई आग्रह गरे । तोकिएकै मितिमा संविधान जारी गर्न कार्यतालिका अनुसार काम भैरहेको बताउँदै उनले प्रधानमन्त्रीले सवै दलका नेताहरुसँग छलफल गरिरहेको बताएका छन् । एकीकृत ९माओवादी० का नेता अग्निप्रसाद सापकोटाले विगतमा नेपाली काँग्रेस र एमालेसँग भएका चारबुँदे सहमति कार्यान्वयन नभए कुनै पनि वार्ता र छलफल नगर्ने चेतावनी दिए ।