समग्र विकासको मियो कृषि– खनाल

  भदौ ८, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको समग्र आर्थिक विकासको मियो कृषि भएको बताएका छन् । नेपालको पहिलो कृषि साप्ताहिक तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कृषि पत्रकार समाज नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता खनालले दक्ष जनशक्ति कृषि क्षेत्रमा लगाउन सरकारले नीति र कार्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा रोजगारीको अवसर नभएको भन्दै विदेशमा ‘लाउर जाने’ प्रवृति रोक्नुपर्ने र वैदेशिक रोजगारीका लागि गए पनि दक्ष भएर मात्र जानुपर्ने जरुरी भएको बताए ।     नेपाल कृषि महासङ्घका अध्यक्ष तथा पूर्व सचिव गणेश केसीले देशव्यापी रुपमा कृषकमा समस्यालाई बाहिर ल्याएर समाधान गर्नका लागि र कृषकलाई सुसूचित गर्नका लागि महत्वपूर्ण काम गरेको बताए ।