संचारमाध्यममा अवरोध गर्नु अनुचित–एमाले

भदौ ८, काठमाडौँ –  नेकपा एमालेले केही दिनयता कान्तिपुर पब्लिकेशनअन्तर्गतका प्रकासनहरु कान्तिपुर दैनिक, दि काठमाण्डु पोस्ट र नेपाल साप्ताहिकलगायतको वितरणमा अवरोध सिर्जना गर्ने काम हुँदै आएकामा त्यसलाई अनुचित कार्य भनेको छ । सञ्चारमाध्यमको निर्वाध सञ्चालन तथा श्रमसम्बन्धका यावत विषयमा देखापर्ने समस्याको पारस्परिक छलफलद्वारा सहमति गरेर टुङ्गोमा पुग्नुपर्नेमा जोरजबर्जस्ती गर्ने तरिका गलत हो भन्दै पार्टी सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै यस स्थितिको तत्काल अन्त्य गरी नागरिकको सु–सूचित हुने अधिकार तथा सञ्चारमाध्यमको निर्वाध वितरणको सुनिश्चितताका लागि अविलम्ब वातावरण निर्माण गर्न माग गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयल र सम्बद्ध निकायले रेडियो नेपालको वर्तमान समस्याको सम्बोधन गरी वार्ताको माध्यमद्वारा अविलम्ब समाधान निकाल्नुपर्नेमा समेत एमालेले माग गरेको छ ।