मरेको सर्पले युवकलाई टोकेपछी

भदौ ८, एजेन्सी  – मरिसकेपछि जिवन समाप्त हुन्छ । यो सिद्धान्त हरेका प्राणीमा लागु हुन्छ । मरेको जुनकुनै बस्तुलाई छुँदा त्सले असर गर्दैन । तर  चीनमा एउटा यस्तो घटना घटेको छ जुन सर्वमान्य सिद्धान्त भन्दा विपरित छ ।

दक्षिण चीनको गुआंगर्डोग प्रान्तको फेसान भन्ने ठाँउमा एक टाउको काटिएको बिषालु कोब्राले टोकेर एक जनाको मृत्यु भएको छ । एक पेँग फेन नाम गरेका ब्यक्तिले कोब्राको स्पेशल परिकार बनाइरहदा कोब्राको टाउको काटे । काटेको कोब्राको टाउकोले डसेर उनको मृत्यु भयो ।

कोब्राको काटिसकेको टाउकोले डस्दा न्युरोटोक्सिक नामक बिष  फेनको शरीरको भित्र पसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार फेनलाई अस्पताल लगेर लाइफ सेभिङ एंटी सुई दिनु भन्दा पहिले नै उनको मृत्यु भैसकेको थियो । इण्डोचाइनिज स्पिटिंग कोब्राले डसेपछि स्वासप्रश्वास बन्द भएर मानिसको मृत्यु हुने गर्दछ । सर्प बिशेषज्ञहरुका अनुसार सर्पको टाउको काटेपटि पनि पुरै जिउँदै हुन्छ ।