प्रम-वैद्यवीच टेलीफोन वार्ता / भोली छलफल हुने

भदौ ८, काठमाडौँ  –  प्रधानमन्त्री शुशिल कोइराला र नेकपा एमालेका अध्यक्ष मोहन वैद्यबिच टेलिफोन वार्ता भएको  छ । कार्यकर्ता प्रशिक्षणमा पाल्पामा रहेका बैद्य र प्रम कोइराला बिच करिब १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा प्रम कोइरालाले अध्यक्ष बैद्यलाई तत्कालै भेट्न चाहेको बताए पनी आज उपस्थित हुन नसक्ने भएकाले बैद्यले भोली प्रम कोइरालालाई भेट्ने कार्यक्रम तय भएको माओवादीले जनाएको  छ ।

कराकानीकै क्रममा टेलीफोनमानै कुरा गर्न चाहेका बैद्यसँग प्रम कोइरालाले भेटेरै एजेन्डाका विषयमा छलफल गर्ने बताएका थिए । पार्टीको आन्तरिक कार्याक्रममा सहभागी हुन पाल्पा पुगेका वैद्यलाई प्रधानमन्त्री कोइरालाले आज दिउँसो वार्ताका लागि बालुवाटार बोलाएका थिए ।

महासचिव रामबहादुर थापा वादल लगायतका नेताहरु काठमाडौंमै भए पनि प्रधानमन्त्रीले वैद्यसँगै वार्ता गर्ने रुची प्रकट गर्दा आइतबार तीन बजेका लागि तोकिएको छलफल स्थगित भएको छ । यसैबिच माओवादीले छलफलको एजेण्डा समेत प्रष्ट पार्न आग्रह गरेको छ ।