डिभिजन थ्री क्रिकेट नेपालमा हुने

भदौ ८,  काठमाडौँ  –  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले  युगाण्डामा संचालन गर्ने भनेको डिभिजन थ्री क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको  छ ।  अफ्रिकी महादेशमा इबोला भाइरसको संक्रमण बढेकाले आगामी कात्तिकमा प्रतियोगिता नेपालमा गर्ने तयारी गरीएको छ । नेपाल क्रिकेट संघ क्यानलाई मैदान तयार गर्न निर्देशन दिएको आइसिसीले यसको आधिकारिक निर्णय भने आफै आएर अध्ययन गरेपछि मात्र गर्ने स्रोतले जनाएको  छ । डिभिजन थ्री प्रतियोगिता आयोजना गर्न पाउने देश नेपाल र युगाण्डामध्ये आइसिसीले नेपालको पूर्वाधार राम्रो नभएको भन्दै युगाण्डामा गर्ने निर्णय गरेको थियो ।  मैदान र क्यानको व्यवस्थापकीय अवस्था अध्ययन गर्न भदौ १२ गते एसिसी र भदौ १८ गते आइसिसीको टोली नेपाल आउँदैछ । उनीहरुले यहाँको अवस्था अध्ययन गरेपछि प्रतियोगिता नेपालमा गर्ने या नगर्ने भन्ने टुंगो लाग्नेछ ।