३६ बर्ष कान्छोसँग हेमाको रोमाञ्स

काठमाडौँ  – हेमा मालिनी छिट्टै नै रमेश सिप्पीको निर्देशनमा बन्ने चलचित्र ‘शिमला मिर्च’मा अभिनयको रंग छर्ने भएकी छिन् । रमेश तथा हेमाले यसअघि ‘अन्दाज’, ‘सीता और गीता’ तथा ‘शोले’ जस्ता बल्कबस्टर चलचित्र दिईसकेका छन् । रमेशले लामो समयदेखी निर्देशकको टोपी लगाएका छैनन् । धेरै पटक चलचित्र निर्देशनका खबर आएतापनि उत्कृष्ट स्कृप्ट पर्खेका थिए जुन प्राप्त भएको छ ।

बताईए अनुसार नाम भन्दा बढि अजीवको छ चलचित्रको कहानी । चलचित्रमा हेमाकी छोरीको रुपमा रकुल प्रीतले अभिनय गर्नेछिन् । रकुलले आफ्नो उमेर मिल्ने युवकसँग प्रेम गरेकी हुन्छिन् । उक्त भूमिका राजकुमार रावले निभाउँदैछन् । हेमा मालिनी समेत सोहि युवकसँग प्रेममा हुन्छिन् ।

कथा सुनाउँदा हेमाले अस्विकार गरेकी थिइन् । चुनाव जितेर सांसद बनिसकेकी हेमाले यस प्रकारको भूमिकाले आफ्नो छविमा असर पार्ने बताएकी हेमालाई निकै समय सम्झाएपछि राजी भएकी थिइन् । सस्तो चलचित्र नभएको र कन्टेन्टमा मात्र केहि बोल्ड रहेको बताएपछि हेमा मानेकी हुन् । उमेरको मामलामा नायक राजकुमार राव हेमा भन्दा ३६ बर्ष कान्छा छन् । अब हेमा ३६ बर्ष कान्छो नायकसँग रोमाञ्समा देखिनेछिन् ।