ईबोला भाईरस फैलने डरले स्थानिय त्रसित

भदौ ८, काठमाडौँ – भारतिय पर्यटक नेपाल भित्रिने पशुपतिनगर परिसरमा ईबोला भाईरस फैलने डरले स्थानिय त्रसित बनेका छन् । अहिले सम्म भारत लगायत मुलुकमा ईबोला भइरस नदेखिए पनि विभिन्न देशका नागरिक नेपाल प्रबेश गने पशुपति नगरमा ईबोलाको त्रास बढेको पशुपति नगरबासिन्दा मनोज खतिवडाले बताउँनुभयो ।  जिल्ला स्वस्थ्य कार्यलय ईलामले पनि भारितय सिमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाउँन स्थानिय स्वास्थ्य चौकीलाई अनुरोध गरेको जनाइएको छ ।