तीजको लहर आयो बरी लै

भदौ ७, काठमाडौँ -हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउँन अब ५ दिन मात्र बाँकी छदाँ राजधानि लगायत देशै भरि तिजको चहल पहल सुरु भएको छ । सहरीक्षेत्रमा आजबाट विषेश गरि तिजको दर खाने कार्यक्रमहरुको आयोजना गरिदै छ  । परम्परागतरुपमा दर खाने दिनबाट औपचारिक रुपमा तीज सुरु भएको मानिन्छ ।

पहिले तीजको अघिल्लो रात दरखाने गरिए पनि हिजो आज शहर बजारमा पहिले देखि नै दर खाने चलन बसेको छ । हिजो आज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ । हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पुरा गरेको धामिर्क कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् ।

त्यसैगरि बेलायतबाट नर्वेका लागि क्रुज यात्रमा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तिज मनाएका छन् । स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागि सत्र परिवारले हरीतालीका तिज क्रुजभित्रै मनाएका हुन ।