अनिश्चितकालिन रसुवा बन्दका जनजिवन जनजिवन प्रभावित

भदौ ७, काठमाडौँ – चिलिमे जलविद्युत कम्पनीमा पुरानै ब्यवस्थापकको माग गर्दै बिभिन्न चार दलले आज पनि अनिश्चितकालिन रसुवा बन्द गर्दा त्यहाँको जनजिवन प्रभावित भएको छ ।  बन्दका कारण आज पनि बिहानदेखि जिल्लाबाट बाहिर जाने र जिल्ला भित्रने कुनै पनि सवारी साधन सञ्चालन हुन सकेको छैन । विद्यालय, कलकारखाना र बजार क्षेत्रमा भने बन्दले कुनै पनि असर नपारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक महिनाअघि चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणले फिर्ता बोलाएको बिरोधमा नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राप्रपा लगायतका दलले हिजो देखि बन्द आह्वान गरेका हुन् ।