कांग्रेस एमालेबीच आज पनि छलफल जारी

भदौ ७, काठमाडौँ  – सत्तासिन दल कांग्रेस एमालेबीच संविधानका अन्तरबस्तुमा समान धारणा बनाउन आज  पनि छलफल हुँदै छ । हिजो देखि सुरु भएको बैठकमा भावि संविधानको संघिय संरचना र शासकीय स्वरुप कस्तो बनाउने भन्ने विषयमा दुई दलले सहमति खोज्ने भएका हुन् । प्रधानमन्त्री निवसा बालुवाटारमा २६ सभासद मनोनयन र राजदुत नियुक्तिलाई छिटो सक्ने विषयमा पनि छलफल हुन लागेको हो ।  यसअघि  दुई दलले तोकिएको समयमा संविधान जारी गर्न संविधानका विवादित विषयमा समान धारणा बनाएर अघि बढ्ने सहमति गरेको थियो । बैठकले  २६ मध्ये २२ सभासदका विषयमा आजै  सहमति गरेर भोलि नियुक्त गर्ने निर्णय गरेको थियो ।