एथ्लेटिद्धारा स्पेनिस सुपर कपको उपाधि कब्जा

 भदौ ७, काठमाडौ  –   रियल मड्रिडलाई पराजित गर्दै एल्थेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि कब्जा गरेको छ । गएराती भएको खेलमा  पहिलो लेगमा १–१ को बराबरी खेलेको एल्थेटिले  १–० को जित हात पा¥यो । घरेलु मैदानमा भएको खेलमा एल्थेटिको मड्रिडले दोस्रो मिनेटमा नै मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा रोड्रिग्वेजलाई इस्कोले रिप्लेस गरे । करिम बेन्जिमा र ग्यारेथ बेलले ९० मिनेट नै खेले तर, रियल मड्रिड गोल गर्न असफल भयो ।