सुन्नी मस्जितमा आक्रमणमा परी ६४ मारिए

७ भदौं, काठमाडौं – इराकको दियाला प्रान्तको एक सुन्नी मस्जितमा चरमपन्थी आक्रमण भएको छ । आक्रमणमा कम्तिमा ६४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार हिजो साँझ नमाजको समयमा  आत्मघाती विस्फोट भएको थियो । आक्रमण लगतै बन्दुकधारीहरुले भागिरहेका मानिसहरुमाथि ताकी ताकी गोली प्रहार गरेका थिए ।  आक्रमण शिया चरमपन्थीले गरेको अन्तराष्टिय संचार संथाहरुले जनाएका छन् ।