३५ वर्षदेखि न्याय खोज्दै दुखीलाल

भदौं ७ , काठमाडौँ  – पुनरावेदन तहमा फैसला गर्दै न्याय दिलाउने ३ जना न्यायाधिश प्रधानन्यायाधिश भई उहिल्यै अपकाश भइसके । तिमध्ये त्रिलोकप्रताप राणाको निधन भइसक्यो । अरु चार जना पनि सर्वोच्च अदालतको न्यायाधिश भएर सेवा निवृत भइसके ।  तर न्याय कार्यान्वयन नभएर दुखीलाल सर्वोच्चमा धाइरहेको आजको अन्न्पूर्ण पोस्ट दैनिकमा समाचार छ । गाँसबासको ठेगान छैन । आफ्नो भन्ने एक टुक्रा जमिन पनि छैन । दुखीलाल देवको जीवनसँग यो नाम नाम मिल्दो छ । ७५ वर्ष उमेर नाघेका उनी अलिकति जग्गा पाउने आशमा ३५ वर्षदेखि अदालत धाइरहेका छन् ।  सप्तरी भूमिसुधार कार्यालयबाट २०३६ साउन ४ गते सुरु भएको मुद्दामा सर्वोच्चबाट फैसला भए पनि उनले व्यवहारमा न्याय पाउन सकिरहेका छैनन् । उनले फैसला कार्यान्वयनका लागि २०७० साउनमा सर्वोच्चमै अर्को रिट दिएका छन् । सप्तरीका एक जनिमदारको हकभन्दा बढी जग्गा भूमिसुधार कार्यालयलाई देखाइदिएवापत कानुन बमोजिम पाउनुपर्ने पुरस्कारका लागि उनले ३५ वर्षदेखि मुदेदा लडेका हुन् ।