सुनको मूल्य घट्यो

भदौं ७ , काठमाडौँ   – सुनको भाउ ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो।

बिहीबार प्रतितोला छापावाला सुन ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतितोला सुन ५४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाउ भने स्थिर छ। प्रतितोला चाँदी ८ सय रुपैयाँमा कारोबार भएको छ।