प्रमुख संचार गृहले दिए आन्दोलमा उत्रिने चेतावनी

भदौं ७ , काठमाडौँ  –  प्रमुख संचार गृहहरुले नेकपा माओवादीको भातृ सगंठनद्धारा प्रेस स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारमाथि प्रहार गर्ने कार्य नरोके आजदेखि आन्दोलमा उत्रिने चेतावनी पदिएका छन् । कान्तिपुर पब्लिकेशनसका प्रकाशनहरुको वितरण दुई दिन देखि जर्बजस्ती अबरुद्ध पारीएकोमा उनीहरुले भत्र्सना गरेका छन् ।

नेपाल मिडिया सोसाइटी, टेलीभिजन ब्रोडकास्टिङ नेपाल, ब्रोडकास्टिङ एसोसीयसन नेपाल, सामुदायिक रेडियो प्रसारण संघ नेपाल, रेडियो प्रसारक मञ्च नेपालले विज्ञिप्ती जारी गर्दै पत्रपत्रिका निर्वाध रुपमा वितरण सम्बन्धित पक्षसँग माग गरेको छ । यसैबिच नेपाल पत्रकार महासंघले पनि पत्रपत्रिका वितरणमा अवरोध नर्गन मओवादी निकट भातृसंगठनलाई आग्रह गरेको छ ।

मोहन बैद्य नेतृत्वको माओवादी सम्बद्ध अखिल नेपाल क्रान्किारी सञ्चार, छापाखाना  र प्रकाशन मजदुर संघ मुल इकाई कमिटीले राजनीतिक उदेश्यबाट प्रेरित भइ विभिन्न माग दाबि राखि बाह्ैय सहयोगको आडमा कान्तिपुर र दि काठमाडौँ पोष्टको  वितरण २ दिन देखि रोक्दै आएका छन् ।