शशत्र समुहसँग वार्ता गर्न सरकारी टोली नेपालगञ्ज जाँदै

भदौं ७, काठमाडौँ  –   संवैधानिक राजनीतक संवाद तथा समीतिले गठन गरेको प्रारम्भिक वार्ता   उपसमितिले भोलीदेखि  नेपालगञ्जमा भुमिगत शशत्र समुहसँग  वार्ता गर्नलाई आज त्यस तर्फ प्रस्थान गर्ने भएको छ । काँगे्रस सभासद आनन्द प्रसाद ढुगांना संयोजक रहेको वार्ता उपसमितिले भोलीदेखि २ वटा भुमिगत समुहसँग वार्ता गर्नेछ । समीतिले जनतान्त्रिक मधेस तराइ मुक्ति मोर्चा भगत समुह र कम्युनिष्ट केन्द्र निर्माण समुहसँग वार्ता सुरु गर्ने सभासद ढुगांनाले जानकारी दिनुभयो । वार्तामा सरकारका तर्फबाट उपसमितिका सदस्य, संविधानसभा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा लगायतको टोली सहभागी हुनेछ ।