भदौं ७, काठमाडौँ – राजधानीमा हिजोबाट सुरु भएको अन्तर्राष्ट्रिय गजल महोत्सव आज समापन हुने भएको छ । अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको संयुक्त आयोजनामा ललीतपुरमा जारी महोत्सवका लागि ३०० गजलहरू प्राप्त भएको अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न देशमा रही नेपाली भाषामा गजल लेख्ने प्रवासी नेपाली र अन्य देशका नागरिकले नेपाली भाषामा लेखेका नेपाली गजललाई प्रस्तुत गरिएको छ । महासचिव ओझाका अनुसार महोत्सवमा नेपालसहित भारत, भुटान, बर्मा, पाकिस्तानका गजलकारको उलेख्य मात्रामा सहभागिता रहनेछ । नेपाली गजल क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई दुई दिने सम्मेलनमा ३ सय, २सय र १ सय अमेरिकी डलर प्रदान गरिने छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।