एक बोरा चामलको मूल्य महिना दिनमै डेढ सय बढ्यो

भदौ ७, काठमाडौं  – व्यापारीले एक महिनाको अवधिमै एक वोरा चामलमा डेढ सय रुपैयाँसम्म बढाएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, २५ किलो चामलको बोरामा साढे १२ प्रतिशतसम्म मूल्य बढेको छ । चामल मात्रै होइन, दाल, गेडागुडी र आलुको मूल्य पनि उपभोक्ताको ढाड सेक्ने गरी बढाइएको छ । तर सरकार रमिते छ ।

व्यापारीहरुले चाडपर्व नजिकिँदै गर्दा आफूखुसी मूल्य वुद्धि गरेर चामल, दाल, गेडागुडी पिठो लगायतका अत्यावश्यक खाद्यबस्तुको अधिकतम मूल्य कायम गर्ने सरकारी निर्णयको खिल्ली उठाएका छन् । साउन पहिलो सातासम्म एक हजार दुई सय रुपैयाँमा पाइने २५ किलो सोना मन्सुली चामल प्रतिबोराको अहिले उपभोक्ता मूल्य एक हजार ३ सय ५० छ ।