इबोलाको औषधि पत्ता लाग्यो

 भदौ ७, काठमाडौं – अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, दुई संक्रमित निको भएर घर फर्किएका छन् । लाइबेरियामा कार्यरत दुई अमेरिकी इबोलाको चपेटामा परेपछि विमानमा विशेष व्यवस्थाका साथ एटलान्टामा ल्याई उपचार गरिएको थियो ।  ती दुई नागरिकलाई अस्पतालमा सिसाको विशेष कक्षमा बन्द कोठामा राखेर उपचार गरिएको थियो । निको पार्ने अहिलेसम्मकै औषधि पत्ता लागेको भएपनि यसको उपलब्धताबारे केही खुलाइएको छैन् । दुई अमेरिकी चिकित्सक केन्ट बान्टी र नान्सी रिटवलले सो संक्रमणको औषधि पत्ता लगाएका लगाएका हुन् ।  उनीलाई तीनसातासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो ।