सुन्नी विद्रोहीले आठ करोड पाउण्ड फिरौति मागेको खुलासा

भदौ ६, काठमाडौँ  – अमेरिकी पत्रकार जेम्स फोलीको हत्या अघि सुन्नी चरमपन्थी विद्रोहीले आठ करोड पाउण्ड फिरौति मागेको खुलासा भएको छ । ग्लोबल पोष्टका लागि काम गर्ने फोलीलाई रिहाईका लागि बिद्रोहीले करिब १३ अर्ब रुपैयाँ फिरौति मागेको सार्वजनिक भएको हो ।  बिद्रोहीले फोलीको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेपछि अमेरिकाले त्यस विषयमा अनुसन्धान थालेको छ । अमेरिकाले बिद्रोहीलाई फोलीको हत्याको परिणाम महङ्गो पर्ने चेतावनी दिएको छ ।

यसैबीच बेलायतले फोलीको घाँटी रेटि हत्या गर्ने बिद्रोही जिहादी बेलायति नागरिक भए÷नभएकोबारे अनुसन्धान थालेको छ । अपुष्ट खबरहरुका अनुसार ति व्यक्तिको बोल्ने तरिका दक्षीणी बेलायतिको जस्तोे छ । भिडियोमा अमेरिकाले बिद्रोहीविरुद्धको कारवाही नरोके अन्य अमेरिकी बन्धकलाई पनि मार्ने चेतावनी दिईएको छ ।तर, अमेरिकाले भने ईराकमा चरमपन्थी विरुद्धको कारवाही तीव्र बनाएको छ ।