विस्थापितको रकममा अनियमितता हुदैन: प्रम कोइराला

भदौ ६, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितलाई सरकारले गर्ने राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा लापर्बाही नहुने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको प्रतिनीधिमंडलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सरकार राहात वितरणका लागि प्रतिवद्ध रहेको र कुनै कसर बाँकी नराख्ने बताए ।

एमाले नेता अमृतकुमार बोहोराको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री कोइरालाले राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणमा यस पटक अनियमितता हुन नदिने विश्वास दिलाएका हुन् ।