रौतहटमा बेपत्ता दुईको शव फेला

भदौ ६, काठमाडौँ – रौतहटको पिपरा स्थित बागमती नदीमा हिजो डुंगा पल्टँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। रौतहट प्रहरीका अनुसार  स्थानीय ४५ वर्षीया सुथनी देवी र ६५ वर्षीया जितजी देवीको शव फेला परेको छ । ६० वर्षीया महादेव महतो भने अझै बेपत्ता छन्। हिजो साँझ बाग्मती नदी पार गर्ने क्रममा तर्नेक्रममा ढुंगा पल्टिएको थियो। डुंगामा रहेका ५७ जनाको स्थानीय, सेना र प्रहरी मिलेर उद्धार गरेका थिए।