नेपाल टेलिकमले पनि बाढीपीडितलाई सहयोग गर्यो

भदौ ६,काठमाडौं – प्राकृतिक बिपत्तीमा परेकाहरुलाई राहतस्वरुप नेपाल टेलिकमले दुई करोड सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री दैवीप्रकोप उद्यार कोषमा टेलिकम आज सो रकम प्रदान गरेको हो । नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार सचिव सुनिलबहादुर मल्ल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गई आयोजित एक समारोहकाबिच रु दुई करोडको चेक प्रधानमन्त्री सुशील कोइरालालाई दिएका हुन । उतm रकम नेपाल टेलिकमका कर्मचारीका,सञ्चालक समिति सदस्य र टेलिकमको कोषबाट सङकलन गरी प्रदान गरिएको नेपाल टेलकमले जनाएको छ ।