कंग्रेसले दादागिरी देखायो ,हाम्रो पनि पालो आउला नि– गृहमन्त्रि

भदौ ६, काठमाडौं – गृहमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतमले कंग्रेसले दादागिरी देखाएको बताएका छन् । अखिल नेपाल किसान महासंघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्रि गौतमले सरकारका कामकाजमा कंग्रेसले आफ्नो मात्रै मनोमानी गरिरहेको आरोप लगाए । सत्तासहयात्री एमाले भएपनि आफुसंग भएको सम्झौता अनुरुप अहिले कंग्रेसले काम नगरिरहेको उनले जिकीर गरे । प्रधानमन्त्रि नै कंग्रेसको भएकाले अलि अलि चुरीफुरी हुनु स्वभाबिक भएपनि दादागिरी र घमण्डीपना भने अति नैं हुने गृहमन्त्रि गौतमको भनाई छ । कंग्रेस र एमालेबिच शतmी बाँडफाडका क्रममा एमालेलाई उपप्रधानमन्त्रीको पद दिईएको थियो । सरकारको दोस्रो शतmीशाली पद उपप्रधानमन्त्रि पनि अहिले गौतमले नै सम्हाली रहेको भएपनि त्यो अनुरुप काम गर्न नपाइएको उनको गुनासो थियो । कंग्रेसको यस्तो दादागिरीचालाबाट एमालेले पनि भोलि पाठ सिक्ने गौतमको भनाई छ । एमालेका कतिपय नेताहरुले सरकारको सुस्त कार्यशैलीको बिरोध गरिरहेका बेला गृहमन्त्रि गौतमको यो भनाईले सरकारको नेतृत्व परिर्बतन हुनसक्ने तर्फ संकेत गरेको कतिपय बिश्लेषकहरुको बुझाई छ । संबिधान सभाको निर्वाचन भएको एकबर्ष भित्र नयाँ संबिधान दिने बाचा गरेका दलहरुको यस्तैं आरोप प्रत्यारोप र कुर्छीमोहका कारण समयमै संबिधान बन्नेमा जनताको आशंका छ ।