नेपाली जुडो खेलाडी रुस जाँदै

भदौ ६, काठमाडौं – विश्व जुडो च्याम्पियनसिपमा दुई खेलाडी सहित चार सदस्यीय नेपाली टोली आज रुस प्रस्थान गर्दैछ । भदौ ८ देखि १५ गतेसम्म रुसको सेल्याबिङ्समा संचालन हुने प्रतियोगीतामा पुरुषतर्फको ६० केजी तौल समूहमा सरोज महर्जन र महिला तर्फ ४८ केजी मुनिमा लीला अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय जुडो महासङ्घको सहयोगमा रसिया जुडो फेडेरेसनले आयोजना गरेको प्रतियोगिता खेलाडीसँगै  प्रशिक्षक ऋषिराम प्रधान तथा जुडो सङ्घका महासचिव रमेश महर्जन रुस प्रस्थान गर्ने भएका छन् । यसअघि हिजो नेपाल जुडो सङ्घले एक कार्यक्रमको आयोजना गरी टोलीलाई सफलताको शुभकामना दिँदै टोलीलाई बिदाइ गरिसकेको छ ।