यु १६ का खेलाडीलाई आज सम्मान गरिने

भदौ ६, काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले मलेसीयामा आयोजीत यु १६ क्रिकेट प्रतियोगीताको उपाधी बिजेता टोलीलाई आज सम्मान गर्दैछ ।  उपाधि चुमेर हिजो स्वदेश फर्किएको टोलीलाई आज राजधानीमा एक कार्यक्रमका बिच सम्मान गर्न लागीएको क्यानले जनाएको  छ ।  क्यानले यु १६ का सबै खेलाडीलाई २० हजार रुपैयाँका दरले हस्तान्तरण गर्ने जनाएको  छ । मलेसीयामा सम्पन्न ६ खेलमा ५ खेलको बिजेतालाई खेलकुद मन्त्री पुरुसोक्तम पौडेलले खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको  छ ।