एकैपटक १ सय १२ जना डिएसपीको सरुवा

भदौ ६, काठमाडौँ  – लामो समयदेखि जाम भएको प्रहरी बढुवा प्रक्रिया खुलेको छ । प्रक्रिया खुलेसँगै प्रहरी प्रधान कार्यालयले एकैपटक १ सय १२ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले ९ जना डिआइजीहरुको एआइजीमा बढुवा भएलगत्तै  अधिकृतहरुको सरुवा बढुवाको कार्य जारी राखेको छ । एआइजी बढुवाका कारण नेपाल प्रहरीमा तल्लो स्तरसम्म पनि बढुवा जाम भएको थियो । अवको केहि दिन भित्रै प्रहरी बढुवाको जाम खुल्ने अधिकृतहरुले बताएका छन् ।