आकस्मीक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी

भदौ ६, काठमाडौं – स्वास्थ्य मन्त्रालयमा गैर स्वास्थ्य सचिव निचिकित्सकयुक्तिको बिरोधमा हरुले आकस्मीक बाहेकका सबै स्वस्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।  आफुहरुको शान्तिपुर्ण आन्दोलन प्रति सरकारले बेवास्ता गरेकोले पर्सि आईतबार सम्म आफ्नो मागको सम्बोधन नगरे सेवा  ठप्प पार्ने चेतावनी निएका हुन । चिकित्सकहरुको छाता संगठनसंघले केहिदिनदेखि स्वास्थ्य मन्त्रालयमा निर्णय पुर्नबिचार गर्न माग गर्दै धर्ना दिदै आएको थियो ।

२०६३ सालदेखि स्वास्थ्य सेवा ऐनमा संशोधन गरी ऐनको दफा १९ अनुसार स्वास्थ्य सचिवमा वरिष्ठ चिकित्सक नियुुक्त हुदै आएकोमा ऐन विपरित गैर चिकित्सकको नियक्ति भएकोले आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष झाले बताउनुभयोे ।

तत्कालिन स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेलले स्वास्थ्य ऐन संशोधन गरेपछि चिकित्सक सचिव बन्ने बाटो खुलेको थियो । सोहि प्राब्धान अनुरुप २०६४ साल मंसीर ६ गते डाक्टर निराकारमान श्रेष्ठ पहिलो चिकित्सक स्वास्थ्य सचिव बन्नुभएको थियो ।